रौतहट, १५ असोज । चुनाव सम्पन्न भए लगतै रौतहटमा श्रृंखलावद्धरुपमा हत्या सुुरु भएको छ । पछिल्लो १२ दिनमा चारजनाको हत्या भइसकेको प्रहरीले जनाएको छ ।शनिवार राति वृन्दाबन नगरपालिका–५ स्थित नेपाली काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुुँदा एकजना तीन वर्षीया वालिकाको हत्या भएको छ ।
खानेपानीको निहुुमा हुुलास राय यादव र छिमेकी कृष्ण चौधरीबीच राति १० बजे भनाभन भएकोले यादव पक्ष नेपाली काँग्रेस र चौधरी पक्ष नेकपा एमाले भन्दै पछि झडपमा परिणत भएको थियो ।
झडपमा हुुलास यादवको तीन वर्षीया छोरी अञ्जली कुुमारीलाई चोट लागेर मृत्युु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए । काँग्रेस समर्थित हुलासराय यादव र एमाले समर्थित कृष्ण चौधरीलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए । राससलाई उद्दृत गर्दै एभरेष्ट दैनिकमा खबर छ
