लुम्बिनी १७ असोज । लुम्बिनीमा एक १७ बर्षिया छोराले पैसाको कारण आफ्नै आमाको हत्या गरेका छन् । लुम्बिनीको सांस्कृति नगरपालिका ३ का संजय कहाँरले शनिवार राती दाउराले प्रहार गरी आफ्नै आमाको हत्या गरेका हुन् । हत्यारा संजयले आफ्नै आमा ३६ वर्षीया कोकिला कहाँरको हातखुट्टा बाँधेर टाउकोमा चिरपट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।












