नेपालगञ्ज , १६ असोज । बाँकेको नेपालगञ्ज-खजुरा सडकखण्डमा बस र ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । ना ४ ख १०९४ नम्बरकोे बस र ना २ ख ९३६० नम्बरको ट्रक गएराति ठोक्किएका हुन् ।
फाइल तस्वीर
मृत्यु हुनेमा भारत रूपैडिहाका राम मनाेहर शर्मा रहेको बाँके प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूमध्ये १० जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।
