रामेछाप , १५ असोज । रामेछापको दोरम्बा गाउँपालिका-६ मा आइतबार बिहान करेण्ट लागेर २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ७२ वर्षीया टीकादेवी गौतम र उनका ४२ वर्षीय छोरा लालबहादुर गौतम रहेका छन् ।
बिहान ८ बजेतिर मोबाइल चार्ज गर्न खोज्दा विद्युत लाइनमा आएको हाई भोल्टेजको कारण टीकामायाँलाई करेण्ट लागेको थियो । आमालाई करेण्ट लागेपछि जोगाउन गएका छोरालाई समेत करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि हेकिप्टरबाट काठमाडौं लगिएकोमा अस्पतालले मृत घोषित गरेको स्थानीय भरतमणि सुवेदीले जानकारी दिए ।
विद्युत लाइनमा हाईभोल्टेज आएकै कारण लागेको करेण्टबाट गम्भीर घाइते अर्का दोरम्बा-६ लखनपुरका ५८ वर्षीय लालबहादुर बस्नेतको ग्राण्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । उनी आफ्नै घरमा करेण्ट लागेपछि घाइते भएका थिए । उनलाई हेलिकप्टरबाट काठमाडौं पुर्याइएको हो । अनलाइनखबरबाट