इन्द्रेणी संवाददाता
दाङ १६ असोज । उपप्रधान तथा परराष्ट्र मन्त्री एवं माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा दाङ क्षेत्र नं. २ वटा उठने निश्चित भएको छ । माओवादी केन्द्रको दाङमा क्रियाशिल केन्द्रिय सदस्यहरुकोे वैठकले महरालाई दाङवाट उठाउने निर्णय गरेको छ भने नेता वर्षमान पुन नेतृत्वको कार्यदलले टुंग्याएको उम्मेदवारको सूचीमा पनि महरा दाङ क्षेत्र नं. २ वाट उठने निश्चित गरेको छ ।

krishna bdr mahara 960

पहिलो संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ वाट विजयी भएका महरा दोश्रो संविधान सभाको निर्वाचनमा रोल्पावाट विजयी भएका थिए । महरा हालसम्म कहिल्यै निर्वाचन नहारेका नेतामा पर्छन् । उनले २०४८ सालको निर्वाचनमा पनि रोल्पावाट विजयी भएका थिए ।

माओवादीमा इमान्दार नेताको रुपमा परिचित महरा दाङमा पनि लोकप्रिय नेताको रुपमा चिनिन्छन् । दाङमा खुमबहादुर खड्काको राजनीतिक यात्रा ओरालो लागेपछि महरा जिल्लाकै अभिभावकको रुपमा लिइन्छन् ।

विष्णु पौडेल अर्थमन्त्री हुँदा दाङमा बजेट विनियोजन एकदमै न्यून मात्रामा गरेपछि दङ्गालीले अभिभावक विहिन महशुस गरेको र अव जिल्लाको विकासका लागि महराको अनिवार्य आवश्यकता रहेको उद्योग वाणिज्य संघका उच्च तहका एक नेताले बताए ।

महराले अर्थ मन्त्री हुँदा दाङको विकासमा ठूलो रकम विनियोजित गरेर अभिभावकको भूमिका निर्वाह गरेको पनि उनको भनाइ छ । ‘प्रदेशको राजधानी दाङलाई बनाउन महरा सरलाई यहाँवाट विजयी गराउन आवश्यक छ उनले भने, ‘राजधानी भएर मात्र भएन यहाँको विकासको लागि केन्द्रमा पहुँच राख्ने र विकास निर्माण गर्न सक्ने नेता चाहिन्छ ।’ महराले नेपाली राजनीतिमा महत्व राख्ने, विकासवादी र दाङलाई अभिभावकत्व प्रदान गर्न सक्ने नेता भएकाले यहाँका व्यापारी, वुद्धिजिवी, र आम जनताले उहाँलाई विजयी गराउने उनको दावी छ ।

जिल्ला अस्पताललाई राप्ती उपक्षेत्रीय अस्पताल वनाउन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गराउनदेखि यहाँका सडक, वाटोघाटो, पुलपुलेसा निर्माणमा उहाँको योगदानलाई हेरेर महराको दाङमा विजयी सुनिश्चित भएको स्थानीयहरु चर्चा गर्छन् । माओवादी पार्टी भित्रका मात्र हैन अन्य पार्टीका जिल्ला स्तरीय शीर्ष नेताहरु, उद्योगी, व्यापारी, बुद्धिजिवीले पनि दाङवाट उठेर जिल्लाको अभिभावकत्व प्रदान गरिदिन आग्रह गरे बमोजिम महरा दाङवाट उठदै छन् ।