jhadapama goli chalyo 960इन्द्रेणी संवाददाता
बर्दिया १६ असोज ।बर्दिया जिल्लाको गुलरीय नगरपालिकाको वडा नं. ११ गणेशपुरमा हिन्दु र मुश्लिम विच झडप भएको छ । झडप रोक्न प्रहरीले ८ राउन्ड हवाइ फायर गरेको छ भने १४ सेल असुर ग्याँस प्रहार गरेको छ । झडप बढन नदिन प्रहरीले अहिले कर्फ्यु आदेश जारी गर्नुका साथै केहि मानिसहरुलाई पक्राउ गरेको बर्दियावाट पत्रकार मेनका चौधरीले जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।