युएई, १५ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर दलालले भिजिट भिषामा ल्याएका २२ जना नेपाली युएईको अजमानमा अलपत्र परेका छन्।

nepali alapatraदलाललाई प्रतिव्यक्ति दुईदेखी पाँच लाख रुपैयाँसम्म बुझाएर युएई आएका उनीहरु दुई महिनादेखि अजमानमा अलपत्र परेका हुन । काठमाडौंको धुम्बाराहीमा रहेको पानडोरा इनकर्पोरेसन प्रालिका एक्जुकेटिभ डाईरेक्टर केशव थापा, रमेश कुँवर र दिनेश लामा मोक्ताङले प्रलोभनमा पारी युएई ल्याएको पीडितले बताएका छन ।

युएईमा सेक्युरिटी गार्ड, फिस प्याकिंग, सेल्स म्यान, क्लिनर लगाएत काम लगाइदिन्छु, न्युनतम २/३ हजार युएई दिराम हुन्छ भनेर प्रलोभन देखाएर आफूहरुलाई ठगेर यहाँ ल्याए अलपत्र पारेको पीडितहरुको दुखेसो छ ।

दशैको बेला खल्तीको पैसा सकिएर भोकै साँघुरो कोठामा दलालले २२ जना नेपालीहरु सुत्न बाध्य परेका छन् भन्ने थाहा पाए पछि नेपाली दूतावास युएईको श्रमसहचारी हिरा यादवसंगै आदीवासी जनजाति महासंघ युएईका अध्यक्ष पासांङ्ग शेर्पा, पत्रकार महासंघका अध्यक्ष भुपराज बस्याल, एनआरएन युएईका केन्द्रीय सदस्य दिनेश पराजुली र समाजसेवी सालिक सुवेदी सहितको टोली पीडिततहरुको उद्दारका लागि अजमान पुगेको थियो ।

अलपत्र पर्नेहरु सिन्धुपाल्चोकका फन्जो तमाङ, काभ्रेका नरेश तामाङ, बाग्लुङका राजु थापा, इन्द्र थापा, गोर्खाका उज्वल घले, विपिन कुवर, चन्द्रबहादुर गुरुङ, तनहुका ज्ञानबहादुर तामाङ, हेटौडाका भिमबहादुर बोमजन, सिमोन बोमजन, सुन्दर तामाङ, सुनिल राउत, दिपेन्द्र सम्देन, प्रकाश मोक्ताङ, सुकुराम थिन, नवराज लो, सल्यानका कमल बुढाथोकी, बाँकेका तुलसीप्रसाद शर्मा, नवलपरासीका कृष्ण भुजेल, मोरङका विष्णुकुमार खवास, धादिङका उत्तम तामाङ, राजु तामाङ र रुकुमका बालकृष्ण ओली रहेका छन। एभरेष्ट दैनिकबाट