महेन्द्र नेपाली

धर्म भनेको आध्यात्मिकवाद संग संबंधित कुरा हो मार्कसवादले आध्यत्मिकवादमा बिश्वास राख्दैनन् । बिश्वास गर्नेहरुको बिरोध पनि गर्दैन, संसार परिवर्तन गर्नुछ भने परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ भनेर घरमा आमाले पुज्ने देउता समेत फालेर क्रान्तिको सुरुवात गरियो ।

रुढीबादी परम्पराले ग्रसित नेपाली समाजमा कम्युनिस्ट सिद्धान्त लागू गर्ना धेरै कठिन थियोे,गाउँघरमा माक्र्सवादि सिद्धांत सुनाउदै गर्दा धेरैले आफ्नो कुल देवता फालेको हिजो जस्तो मात्रै लाग्छ ।

prachanda dashain

मार्क्सले त्यो बेला सिर्जना गरेको द्वंद्वात्मक भौतिकवादलाइ आज पनि नेपाली समाज अनि विशेषगरि कम्युनिस्टहरूले आत्मसात गर्ना नसक्नुमा हामी दुखित हुनु स्वभाबिकै हो । तर हिजो प्रचण्ड र माओवादीले दसैं टीका नलगाउदा विभिन्न आरोप लगाउनेहरुले आज धन्यवाद दिना नसक्नु यो बिरोधमा बिरोधि मानसिकता मात्रै भएको प्रष्ट हुन्छ।

कहिलेकाही मार्क्सवाद र दर्शनशास्त्रलाई मात्र नभएर परिवर्तनको लागि सामाजिक मुहारलाई पनि पढ्नु पर्दोरहेछ । यो आधारमा प्रचण्डले २२ वर्ष पछि टीका लगाउनुको पछाडि धेरै कुराहरु लुकेका छन । जीवनका यति वर्षसम्म टीका नलगाउनु र आज अचानक टीका ग्रहण गर्नुका पछाडि धेरै रणनीति छन।

सर्वप्रथम एमाले र कांग्रेसले बिशेष गरि धार्मिक राजनीति गरेर जनतालाई लुट्दै आएका छन । विभिन्न ठुला मिडियामार्फ़त प्रचण्ड र माओवादीलाई हिन्दु बिरोधि पार्टी हो भन्ने किसिमको एउटा गम्भीर आरोप लगाउदै आएका छन। यसबाट ऊनीहरूको मुख्य उद्देश्य माओवादीलाई बदनाम गरेर आफ्नो स्वार्थ पूर्ति गर्नु मात्र थियो ।

गत वर्ष प्रचण्डले दशैं मनाएन भनेर कोकोहोलो मच्चियो । केही अनलाइन मिडियाहरुमा प्रचण्डले यो पटक हिन्दुहरुको महान पर्व दसैंलाई लत्त्याउदै अपमान गरे भन्ने समाचार प्रकाशित भए । जबकि त्यो समाचार एकदमै गलत थियो ।

प्रचण्ड र माओवादीले कहिल्यै कुनै पनि धर्म माथि भेदभाव गरेको थिएन । सबै धर्म सामान हुन र राज्यले सबैलाई सम्मान गर्नुपर्छ भनेर माओवादीले संघर्ष गरेको हो । तर पटक पटक यहाँका पुरातनबादीहरूले माओवादी र प्रचण्डबारे भ्रम छरे ।

त्यासैले पनि यो गलत प्रचारप्रसारलाई चिर्न प्रचण्डले कुनै धर्म भन्दा पनि आफ्नो देशको सांस्कृतिक पर्बको सम्मानस्वरुप दसैं टीका ग्रहण गरेका हुन । कम्युनिस्टहरु कुनै धर्म नमाने पनि आफ्नो देशको सांस्कृतिको जगेर्ना र सम्मान गर्दछन भन्ने कुरा प्रचण्डले प्रष्ट देखाएका छन । एभरेष्ट दैनिकबाट