काठमाडौं, १५ असोज । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । आइतबार बिहान बसेको एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गर्दै चुनाबको तयारीमा जुट्ने निर्णय गरेको हो ।
मंसिर १० र २१ गतेका लागि तय प्रदेश र प्रतिनिधी सभा निर्वाचनको रणनीति तय गर्न बोलाइएको स्थायी कमिटीमा बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारी र पार्टीको अवस्थाका बारेमा आफ्नो धारणा राखेका थिए ।
