दाङ १५ असोज ।दशैंको भोलिपल्ट आज पनि आफ्ना मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी रहेको छ । टाढा टाढा रहेका मान्यजनसँग विजया दशमीको दिन टीका थाप्न नसकेकाहरु कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका लगाउने प्रचलन भएकाले आफन्तकोमा टीका लगाउने जाने दौडधुप जारी रहेको छ ।