इन्द्रेणी संवादाता
जेठ ३१, सल्यान
सल्यानमा पछिल्लो समयमा बलात्कारका घट्ना बढ्दै गएको देखिएको छ । गएको दुई महिनाको अवधिमा ५ वटा वलात्कारका घटना भएको देखिएको छ । वैशाख र जेठ महिनामा मात्रै ५ वटा जवरजस्ती करणीका मुद्धा आएको जिल्ला अदातल सल्यानले बताएको छ ।
वैशाख महिनामा २ र जेठ महिनामा ३ गरी ५ जवरजस्ती करणीका मुद्धा दायर भएको जिल्ला अदालत सल्यानका सुरेश खड्का जानकारी दिए ।
उनले भने केहि समय पहिले दुई तिन महिनामा एक दुई वटा यस्ता मुद्धा आउथे तर पछिल्लो समयमा यस प्रकारका मुद्धा आउनेको क्रम बढ्दै गएको छ ।
जवरजस्ती करणीको आरोपितहरुमा शिक्षक देखि वृद्धसम्म रहेका छन् । चाँदेका शिक्षक संदिप खड्काले आफुले पढाउने विद्यार्थिलाई करणीको प्रयास, त्रिवेणी ३ का वृद्ध तारा प्रसाद कवंरले बच्चालाई करणीको प्रयास , छायाक्षेत्र ९ रानागाउँका सञ्जय भारतीले छिमेकीलाई बलात्कारको प्रयास गरेको उनले बताए । यस्तै जिमाली २ तुरतुरेका एकराज चलाउनेले साली पर्नेलाई बलात्कार गरी हत्या गरेका थिए ।
ढाकाडामका मानसिहं टमटाले छिमेकीलाई बलत्कारको प्रयास गर्दै गर्दा स्थानीयले नियन्त्रणमा लिएका थिए । बढ्दो शहरीकरण तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण यस प्रकारका घटनाहरु बढिरहेको उनले बताए । उनले भने पछिल्लो समय सहरीकरणको प्रभाव तथा यस्ता घटना भए लुकाउनु हुदैन भन्ने चेतनाको विकासका कारण पनि करणीका घटना बढेको देखिएको हो ।
न्यायलयसम्म यसरी घटना आउनुलाई सकारात्मक रुपमा लिनु पर्नें भन्दै यस्ता घटना समाजमा भए लुकाउनु हुदैन भन्ने चेतनाको विकास भएको उनले बताए ।।