इन्द्रेणी संवाददाता
तुलसीपुर, ३१ जेठ
तुलसीपुरमा निमार्ण गर्ने भनिएको बहुआयामिक सुविधा सम्पन्न सभागृह निमार्ण कार्य शुरु हुने भएको छ । सभाहल निमार्णका लागी आज निमाणर््ा समिति बने पछि निमार्ण कार्यले गति लिने भएको हो ।save

आज सम्पन्न भएको तुलसीपुर उद्योग बाणिज्य संघको आकस्मीक वैठकले सभाहल निमार्णका लागी संघका अध्यक्ष बिमल रिजालको संयोजकत्वमा ५ सदस्यीय निमार्ण समिति गठन गरेको हो ।

जसको सदस्यहरुमा सघका वरिष्ठ उपाध्यक्ष बिरु रावत , कोषाध्यक्ष ललित जंग शाह, मानार्थ सदस्य यज्ञ बहादुर केसी र सदस्य वेद प्रसाद वलि रहनु भएको छ ।

त्यस्तै वैठकले संघका सस्थापक अध्यक्ष , पुर्व तथा निर्वतमान अध्यक्षहरु लाई समितिको सल्लाहकारमा चयन गरिएको छ । त्यसैगरि सल्लाहकारमा गोकर्ण डागि , दिनेश डागि, नरेश्वर सापकोटा, तुलसीपुर नगर पालीकाका प्रमुख र तुलसीपुर नगर विकासका अध्यक्ष लाई चयन गरेको छ ।

साथै आजको वैठकले सभाहल निमार्णको काम तत्कालै शुरु गर्ने समेत निर्णय गरेको छ । संघको सभाहल निमार्णका लागी केहि समय अघि तुलसीपुरमा श्रीमद् भागवत महापुराणको समेत आयोजना गरि आर्थिक संकलन समेत गरेको थियो ।।