पद्मप्रसाद शर्मा
दाङ, जेठ २५
त्रिपुर नगरपालिक ५स्थित श्री बालकल्याण निम्न माध्यमिक विद्यालय नारायणपुर खैरा दाङमा विपद् ब्यवस्थापन सम्वन्धी अन्तरक्रिया कार्यक्रम शोमवार सम्पन्न भएको छ ।

featureविद्यालयमा गठित विपद् ब्यवस्थापन समितिका संयोजक श्यामा रावतको अध्यक्षता एवं जिल्ला शिक्षा कार्यालय दाङका प्रतिनिधि तथा विद्यालय निरीक्षक शेर बहादुर विष्टको प्रमुख आतिथ्यता तथा स्रोतकेन्द्र नारायणपुरका स्रोतब्यक्ति हुम बहादुर के.सी.को विशिष्ठ आतिथ्यतामा सञ्चालित अन्तरक्रिया कार्यक्रममा विपद् ब्यवस्थापन समितिका सदस्य तेज बहादुर रावतले विपद् र ब्यवस्थापन विषयको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

विद्यालयमा सम्भावित विपद् र वच्न सकिने संभावित उपायहरु समेटिएको उक्त कार्यपत्रमा विशिष्ठ अतिथि एवं श्रोतकेन्द्र नारायणपुरका श्रोतब्यक्ति हुम बहादुर के.सी. तथा विद्यालयका शिक्षक बसन्ता रेग्मीले टिप्पणी गर्नु भएको थियो । शिक्षक विमलाखनालको स्वागत मन्तब्यबाट आरम्भ भएको अन्तर क्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पद्मप्रसाद शर्माले उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो भने कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक राम बहादुर वलीले गर्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा आफ्नो धारण राख्नेहरुमा शिक्षक बसन्ता पन्त , इश्वरी रावत ,सितला वुढा , इच्छा शर्मा ,बालिका महरा ,दुर्गा घर्ती , प्रगति बालल्कवका अध्यक्ष सुदीप चौधरी , छात्रा मैत्री ल्कवका अध्यक्ष सपना रोका ,जुनियर रेडक्रसका अध्यक्ष सिर्जना चौधरी लगायतका हुनुहुन्थ्यो ।।