इन्द्रेणी संवाददाता
जेठ ३१, सल्यान
सल्यान रुकुम यातायातका कर्मचारीहरुले रुकुम यातायात प्रालीको वस तोडफोड गरेका छन् । काठमाण्डौबाट रुकुमका लागि छुटेको रुकुम यातायात प्रा.लिको ना ५ ख ७२४१ नम्वरको बस सल्यानको श्रीनगरमा तोडफोड भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय श्रीनगरमा गाडि इट्री गर्न रोकेको वेला बसमाथि सल्यान रुकुम यातायात प्रालीका कर्मचारीहरुले तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । बस तोडफोड गरेको आरोपमा इलाका प्रहरी कार्यालय श्रीनगरले ६ जनालाई पक्राउ गरेको छ ।
घटनाका सम्वन्धमा दिनभरी छलफल भएपनि कुनै निष्कर्ष निक्लन सकेन । पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । तोडफोडमा ९ जना संलग्न रहेको र ति मध्ये ३ जना अहिले पनि फरार रहेको जिल्ला प्रहरी प्रमुख डियसपि श्याम बहादुर खत्रीले बताए । सो क्रममा १ जना प्रहरी र गाडिमा सवार १ जना घाइते भएका छन् ।
प्रहरीको निधारमा चोट लागेको र उपचारपछि घर फर्किएको डियसपि खत्रीले बताए । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा राखिएको छ । सिन्डिकेट प्रथाको अन्त्य गरी सकेको भएपनि राप्ती अञ्चलमा भने सिन्डिकेट हट्न नसकेको रुकुम यातायात प्रालीले बताउदै आएको छ ।।