दाङ, २५ भदौ । पेशागत महासंघ नेपाल दाङको अध्यक्षमा अरुणकुमार शर्मा चयन भएका छन् । उपाध्यक्षमा सेरबहादुर केसी, महिला उपाध्यक्षमा सम्झना शर्मा, सचिबमा रमा आचार्य, सहसचिबमा डम्बरबहादुर बिसी र कोषाध्यक्षमा ठाकुरप्रसाद खनाल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा जुनु नेपाली, हिमाकुमारी बस्नेत, नवराज आचार्य, गंगाराम आचार्य, हेमन्ता थापा, विश्वबिलास शर्मा, खिमानसिंह वली र उदयराज सुवेदी चयन भएका छन् । महासंघको पाँचौ अधिबेशनबाट यो नयाँ कार्यसमिति चयन भएको हो ।
महासंघको प्रदेश प्रतिनिधीमा पदम न्यौपाने, सानुनारायण अधिकारी, नवराज सुबेदी, राधा केसी र ईश्वरा रावतलाई चयन गरेको छ ।
