काठमाडौं, २५ भदौ । जम्वो मन्त्रिपरिषद बनाएको आलोचना खेपिरहेको प्रधानमन्त्री शेरबहादुर देउवा फेरि मन्त्रिपरिषद विस्तार गर्ने कसरतमा जुटेका छन् । उनी राप्रपा प्रजातान्त्रिकको तर्फबाट केही मन्त्री थप गर्दै मन्त्रिपरिषद विस्तार गर्ने तरखरमा छन् ।
![;'b"/klZrdf~rn ljZjljBfno ;ef pkk|wfgdGqL Pj+ lzIffdGqL uf]kfndfg >]i7 k|wfgdGqL z]/axfb'/ b]pjfsf] ;d'kl:yltdf ;'b"/klZrdf~rn ljZjljBfnosf] l;+xb/af/df laxLaf/ a;]sf] 5}6f}F ;efdf dGtJo JoQm ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://indrenionline.com/wp-content/uploads/2017/09/deuba-300x259.jpg)
हाल देउवाले उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय आफैले समालेका छन् । यी मन्त्रालयहरु मध्येबाट तीन मन्त्रालय राप्रपालाई दिने तयारी भइरहेको स्रोतले जनाएको छ ।










