रसुवा, २५ भदौ । पासाङल्हामु राजमार्गको रसुवा खण्डमा सडक सुधार गर्ने क्रममा ढुंगाले लागेर गम्भीर घाइते भएका सशस्त्र प्रहरी जवानको ज्यान गएको छ ।

death-mainज्यान जानेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवामा कार्यरत सशस्त्र प्रहरी जवान ३३ वर्षका रमेशकुमार श्रेष्ठ रहेका छन् । नुवाकोटको बिदुर नगरपालिका–९ गेर्खु स्थायी घर भएका श्रेष्ठको आज उपचारका क्रममा ज्यान गएको हो ।