इन्द्रेणी संवाददाता
भदौ २५, दाङ । दाङको देउखुरी उद्योग वाणिज्य संघको अध्यक्षमा रत्नप्रसाद श्रेष्ठ विजयी भएका छन् ।
लोकतान्त्रिक प्यानलबाट उम्मेदवार भएका श्रेष्ठले सयुक्त व्यवसायीक व्यानलका अध्यक्षका उम्मेदवार थानेश्वर गैरेलाई ४ सय ६७ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । श्रेष्ठले ९ सय ९८ मत प्राप्त गरेका थिए भने गैरेले ५ सय ३१ मत ल्याएका थिए ।
त्यस्तै उद्योग उपाध्यक्षमा खगेश्वर खनाल (९५३), वाणिज्य उपाध्यक्षमा विनोदकुमार पाण्डेय (९५१), महासचिवमा कमलजंग सिंह ठकुरी (९६१), सचिवमा कृष्णप्रसाद घिमिरे (९९८) र कोषाध्यक्षमा केशव घिमिरे (८३५) मत ल्याएर विजयी भएका छन् ।
त्यसैगरी सदस्यहरुमा लेखराज केसी, जागेश्वर वस्याल, नवाफ अली, सुशीलकुमार कौशल, वसन्तकुमार भण्डारी विजयी भएका छन् भने महिला सदस्यमा विमला लम्साल, कृष्णा डाँगी, विजयी भएका छन् ।