काठमाडौं, २५ भदौ । विभिन्न असन्तुष्टि जनाउदै मुल घर (नेकपा माओवादी केन्द्र) छोडेका नयाँ सक्ति र विप्लव नेतृत्वका कार्यकर्ताहरु पछिल्लो चरणमा मुल घरमै फर्कने क्रम चलेको छ ।
कतै कार्यकर्ताहरु मात्रै मुल घर फर्किएका छन् भने कतै जिल्ला कमिटीकै अध्यक्ष समेत मुल घरमा फर्किसकेका छन् । शनिवार मात्रै
भक्तपुरको सूर्यविनायकमा आयोजना गरिएको वृहत वैचारिक राजनीतिक धुव्रिकण कार्यक्रममा नयाँ सक्ति र विप्लवका जिल्ला अध्यक्षसहित सयौं नेता माओवादी केन्द्रमा प्रवेश गरे ।
कार्यक्रममा नयाँ सक्तिका जिल्ला संयोजक ओम वाग्लेको नेतृत्वमा कार्य समिति र केन्द्रिय परिषदका केही सदस्य गरी ६२ जना माओवादी केन्द्रमा फर्किएका छन् ।
त्यस्तै विप्लव नेतृत्वको नेकपा जिल्ला कमिटी अध्यक्ष युवराज आर्चायको नेतृत्वमा ७२ जना माओवादी केन्द्रमा आएका छन् ।
कार्यक्रममा नवप्रवेशीहरुलाई केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले स्वागत गरेका थिए ।