बारा । पूर्व प्रधानमन्त्रीएवं माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल‘प्रचण्ड’ले पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उभ्याउने अतिवादी सोच छोडेर पहाड र मधेशलाई जोड्न राजनीतिकदलहरुलाई अपीलगर्नुभएको छ ।

pk dahal

स्थानीयतहको तेस्रो चरणको निर्वाचनकालागिशनिबार बारा जिल्लामाआयोजितविभिन्नजनसभालाई सम्बोधनगर्दै अध्यक्ष प्रचण्डले पहाड र मधेशलाई जोड्न अपीलगर्नुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाड उभ्याउने सोचले देशको हितगर्दैन, राष्ट्रिय एकताबलियो हुँदैन, जनताले अधिकार पाउनपनि सक्दैनन् । त्यसैले सबै राजनीतिक पार्टीले पहाड र मधेशलाई भिडाउने होइन, जोड्नेतिर सोच्नुपर्छ ।’

“हामीले जनयुद्ध लड्यौं, त्यो बेलाहामीबाहेक कुनै पनि पार्टीमा गणतन्त्र, संघीयता, समानुपातिकभन्ने हैसियतथिएन। हामीले जनयुद्ध लडेर, १३०० को रगतबगाएर, सम्पूर्ण उत्पीडित जनताको पहिचान र अधिकारको लडाई उचाईमापुगेपछि मधेशवादीदलपनि संघीयता भन्न सक्ने भए, प्रचण्डले थप्नुभयो, “अहिले मधेशीदलहरु संघीयता हाम्रो भन्नखोज्दैछन्, उनीहरुको तागतले संघीयता आएको होइन, क्षेत्रीय र पृथकतावादीशक्तिले देशको नेतृत्वगर्न सक्दैनन् ।’’

सभामा प्रचण्डले माओवादी ठूलो दिलको पार्टीभएको बताउनु भयो । सिम्रौनगढमा आयोजित सभामा प्रचण्डले भन्नुभयो, “माओवादीको दिलनिकै ठूलो छ। हामीमा संकिर्ण र अतिवादी सोच छैन। हामीहिमाल, पहाड र मधेशकाजनतालाई समानमाया गर्छांै, सम्मान गर्छौं, हामी कसैलाई अपमानगर्दैनौं र संकिर्ण सोच राख्दैनौं ।’
‘माओवादीमात्रै जनताको असलीमित्रहो, साथीहो। हामीमधेशमापहिचान, अधिकार र आर्थिक विकासको नेतृत्वगर्न चाहन्छौं’, प्रचण्डले भन्नुभयो, “तपाईहरुमाजुनजागरण आएको छ, अबमाओवादीले त्यसको नेतृत्वगर्नेछ र जनताको अधिकार र विकासको चाहना पुरा गर्नेछ ।’

कार्यक्रममा सहरी विकास मन्त्रीएवं माओवादी केन्द्रका नेताप्रभु साहले मधेश र मधेशीजनतालाई विकास र रोजगारी चाहिएको बताउनु भयो । साहले भन्नुभयो, “हामीहिजो राजनीतिक परिवर्तनमालाग्यौं। देशमा गणतन्त्र आयो, संघीयता आयो। अबमधेशमाविकास र रोजगारी चाहिएको छ। मधेशीजनता रोजगारी चाहन्छन्, गरिबीबाट मुक्ति चाहन्छन्, विकास चाहन्छन्, समृद्धि चाहन्छन्, पूर्वाधार निर्माण भएको सुन्दर मधेश देख्न चाहन्छन्। यो मधेशी र पहाडियाका नाममादुश्मनी गरेर बस्ने जमानाहोइन, विकास र रोजगारीकालागिकामगर्ने जमानाहो ।’

शनिबार दिनभर अध्यक्ष प्रचण्डले बारा जिल्लाकाविभिन्नजनसभालाई सम्बोधनगर्नुभयो । शनिबार कलैयाको सिसुवा, कलैयाकै बलरामपुर, बाराको गढीमाई, बाराकै सिम्रौनगढ लगायतका ठूला जनसभालाई सम्बोधनगर्नुभएको थियो भने आधादर्जन वडा स्तरीय सभाहरुलाई सम्बोधनगर्नुभएको थियो ।

विभिन्न स्थानमाआयोजितकार्यक्रममाविभिन्न पार्टी परित्याग गरी करिव १२०० जना नेताकार्यकर्ता माओवादी केन्द्रमाप्रवेश गरेका छन् । प्रवेश गर्ने नेताकार्यकर्तालाई अध्यक्ष प्रचण्ड, मन्त्रीप्रभू साह, गोपाल ठाकुर लगायतका नेताहरुले पार्टी प्रवेश गराउनु भएको थियो ।