इन्द्रेणी संवाददाता
दाङ, २५ भदौ । नेकपा माओवादी केन्द्रका नेता एवं प्रदेश नम्बर ५ का इञ्चार्ज वर्षमान पुन ‘अनन्त’ ले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा शंका गर्न नहुने बताएका छन् ।

Barsaman-Punआज आइतवार दाङको घोराहीमा प्रेस सेन्टर दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अनन्तले सरकारले मंसिरमा तोकेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भएरै छाड्ने बताएका हुन् ।

नेता पुनले अहिले भएको स्थानीय निर्वाचन भन्दा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन झनै भएरहित र शान्तिपूर्ण हुने दावी गरे । उनले दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउने विषयमा पत्रकारहरुले उठाएको जिज्ञासामा उनले पाँच नम्बर प्रदेशको राजधानी दाङनै बन्ने दावी गरे ।

उनले उच्च अदालत, नेपाल प्रहरीको प्रदेशस्तरीय प्रहरी कार्यालयलगायतका कार्यलय स्थापना भइरहेकाले दाङ प्रादेशीक राजधानीकाृे विकल्प नभएको बताए । अब केही दिनमै नेपाली सेनाको प्रादेशीक कार्यालय पनि दाङमै खोल्ने तयारी भइरहेको उनले जानकारी दिए ।

सेन्टरका जिल्ला अध्यक्ष डिल्ली मल्लको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन्तोष अधिकारीले स्वागत गरेको थिए भने सचिव पाण्डव शर्माले कार्यक्रमको सहजीकरण गरेका थिए ।