दिपक बोहरा
भालुबाङ २५ भाद्र। नृत्य बिद्याको महासंग्राम डान्स आइकन दाङ(डिआइडि) सिजन २ को शनिबार सम्पन्न भालुबाङ्ग अडिसन बाट २५ जना प्रतिस्पर्धीहरु मेगा राउडका लागि छनौट भएका छन् । डान्स आइकन दाङ(डिआइडि) सिजन २ का रणनैतिक संयोजक बिष्णुकुमार देवकोटाको सभाअध्यक्षता एवं नृत्य प्रशिक्षक अनिता महतराको प्रमुख आतिथ्यमा राप्ति उद्योगा बाणिज्य संघको सभाहलमा सम्पन्न अडिसनबाट कृतिमा घर्ति, रीया राना, आम्दा आले, उषा कुमाल, सुमन के.एम.,अनामीका थापा, राकेश तामाङ्ग,अरुणीमा तामाङ्ग, यादव श्रेष्ठ,सञ्जिता श्रेष्ठ,लक्ष्मण सोनी,कुनाल उकि,लोकबहादुर राना,यमराज रावत,आकाश बुढा,बिनोद चौधरी,बसन्ति के.सि.,सीता घर्ति,रोशन डाँगि,भुपेन्द्र नेपाली,भुपेन्द्र वलि र उर्मिला के.सि चयन भएको संयोजक दिपक वलिले जानकारी दिनुभयो ।

21462641_1439821112720285_5482879091993362563_n

राष्ट्रव्यापि बनाइएको डान्स आइकन दाङ(डिआइडि) सिजन २ मा छिमेकि राष्ट्र भारत बाट समेत प्रतिस्पर्धीहरु सहभागि भएको प्रेस संयोजक दिपक बोहराले जानकारी दिनुभयो । भारतको नयाँ दिल्लि बाट नृत्य प्रशिक्षक समेत रहनुभएका कुनाल उकि ले भालुबाङ्गको अडिसन मा भाग लिनुभएको हो । नेपाली बोल्न समेत नजान्ने कुनालले नेपाली गीतमा नृत्य गर्दा हल “सक्ड” भएको थियो भने जजहरुबाट उनले प्रसंसा पाएका थिए । न्यू डान्स कृयसन लालमटियाको संयोजनमा सम्पन्न अडिसनमा नृत्य प्रशिक्षकत्रय अनिता महतरा,एन.टि. बसन्त र निरज भुसालले निर्णायकको भुमिका निर्वाह गनुृभएको प्रेस सहसंयोजक सुमन के.सि.ले जानकारी दिनुभयो । डान्स आइकन दाङ सिजन १ को उप बिजेता बाटुलि घर्तिमगरको सुरुभएको अडिसनको संचालन पत्रकार सन्तोषकुमार गुप्ता र संयोजक दिपक वलिले गर्नुभएको थियो ।

दाङ जिल्लालाई आधार बनाएर डिटेन इन्टरटेन्मेन्ट प्रा.लिले आयोजना गरेको राष्ट्रव्यापि नृत्य प्रतियोगिता लाई केन्द्रबाट टिभि टुडे र एनटिभि प्लसले प्रशारण गर्ने गरि व्यवस्था मिलाईएको डान्स आइकन दाङ(डिआइडि) सिजन २ का रणनैतिक संयोजक बिष्णुकुमार देवकोटाले जानकारी दिनुभयो । दाङ जिल्लाबाट संचालनमा रहेको सर्वाधिक धनरासीको नृत्य बिद्याको महासंग्राम अन्य अवार्डहरुका अलावा यस पटक जिल्लागत बिजेताहरु समेत घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।