इन्द्रेणी संवाददाता
दाङ २५ भाद्र । राप्ती क्षेत्रको सर्वाधिक लोकप्रिय एवं प्रतिष्ठित खुल्ला नृत्य प्रतियोगिता उत्सर्ग डान्सिङ स्टार ४ को शनिबार तुलसीपुरमा भएको अडिसनबाट मा २० जना दोस्रो राउण्डका लागि छानिएका छन् ।
अडिसनमा ३४ जनाले भाग लिएका थिए । दोस्रो राउण्डका लागि छनिनेहरुमा पबिता नेपाली, गंगा भण्डारी, बिपना बि. क., प्रेक्षा रेग्मी, पिमा पुन, प्रतीक्षा लामिछने, संध्या पाण्डे, बुनु बस्नेत, नवीन वली, शुश्मा बि क, शिबा चौधरी, सीता केसी, आकृति नेपाली, आकाश गुरुङ, सोनु डाँगी, बिजय पुन मगर, प्रबिण पुन मगर, बिमला गुरुङ, यमुना कुवँर र गीता घर्ती रहेका छन् । अडिसनको निर्णायकमा नृत्य प्रशिक्षक एवं मोडल सरोज रेग्मी र चर्चित मोडल लोसिना लामिछने रहनु भएको थथियो।
उत्सर्ग फिल्मस् नेपालका प्रबन्ध निर्देशक के एल पीडितको अध्यक्षतामा भएको अडिसनमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएमले स्थानीय प्रतिभाहरुको विकासमा उत्सर्ग फिल्मस् नेपालले महत्त्वपूर्ण कार्य गरेको चर्चा गर्दै उत्सर्ग डान्सिङ स्टारले नृत्य विधाका प्रतिभाहरुका निकै महत्त्वपूर्ण मंच बनेको बताउनु भयो ।
कार्यक्रममा गोल्डेन स्टार एवं कलाकार बर्षा लम्सलले नृत्य प्रस्तुत गर्नुभएको थियो भने राजन गुप्ता र दबिता श्रेष्ठले गीत प्रस्तुत गर्नु भएको थियो । सहजीकरण लोकराज साधकले गर्नु भएको थियो ।
