एजेन्सी, २३ भदौ । केही दिन अघि भारतीय सेनापति विपिन रावतको चीन र पाकिस्तान दुवैतिर एकै पटक लड्न तयार रहनुपर्ने भनाइको चीनले भारतलाई आधिकारिक धारणा हो कि होइन भनेर सोधेको छ।
सेन्टर फर ल्याण्ड वारफेयर स्टडिजले दिल्लीमा आयोजना गरेको सेमिनारमा बोल्दै जनरल रावतले चीनसँगको द्वन्द्व ठूलो युद्धमा परिणत हुनसक्ने न र त्यहीबेला पाकिस्तानले पनि आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए। भारतीय सेनाध्यक्षको यस्तो भनाइ सार्वजनिक भएपछि चीनले त्यसमा चासो व्यक्त गरेको छ।
भारतीय सेना प्रमुख जनरल रावतले चीन र पाकिस्तानसँग एकै पटक दुई मोर्चामा हुने सम्भावित युद्धका लागि भारत तयार रहनुपर्ने बताएका छन्। चीनसँगको दोक्लम विवाद अन्त्य भएको केही समयपश्चात नै भारतीय सेनाप्रमुखले यस्तो अभिव्यक्ति दिएका थिए ।
