चितवन, २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा आफू चितवनबाट चुनाव लड्ने बताएका छन् ।

चितवन देशको एउटा विशिष्ट जिल्ला हो, यसको राष्ट्रिय राजनीतिमा विशेष भूमिका पनि छ । त्यसैले म चितवनबाट चुनाव लड्दैछु” उनले भने, म समग्र देशको अनुभव लिएर चितवन आउदैछु, समग्र चितवनलाई उत्कृष्ट शहर बनाउन सकिन्छ। यसको दीर्घकालिन विकासको गुरुयोजना बनाउँदैछु ।”










