कपिलवस्तु, ४ भदौ । कपिलवस्तुको महाराजगंज नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ ।

feature0नगरपालिकाको वडा नम्बर ७ मा एकजनाको ज्यान गएको छ । सत्भरा गाउँका चैतराम रैदासका ८ वर्षका छोरा तारेख रैदासको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सत्भरा र गघौडी गाउँमा फैलिएको प्रकोपका कारण ५० जना प्रभावित भएका छन् ।