सन्तोष दहित

दाङ (दंगिशरण), ४ भदौ । दंगीशरण गाउँपालिकाका ४४ घर बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला दैवि प्रकोप उद्धार समिति दाङको समन्वयमा र नेपाल रेडक्रस सोसाइटि , जिल्ला जनस्वास्थ्य कार्याल, युनिसेफ नेपाल, आइ. एन. एफ. लगायतका संघसंस्थासहयोगमा दंगिशरण गाउँपालिकाका प्रमुख भागिराम चौधरीले बाढीपीडितहरुको घरमा पुगि राहत वितरण गरेका हुन् ।

d 1गाउँपालिकाको वडा नम्बर ३,४, ५, र ६ का बाढीपीडितलाई त्रिपाल, कम्बल, मेट्रेस, झुल, लत्ताकपडा, चामल, खाने तेल, नुन, चिउरा, चाउचाउ, साबुन, प्लापस्टिक बाल्टिन, छाता, लगायतका सामाग्री वितरण गरिएको हो ।

वडा नं. ३ का १० घर, वडा नं. ४ का ६ घर, वडा नं. ५ का १३ घर र वडा नं. ६ का १५ घरपरिवार गरी ४४ घर परिवारलाई राहत वितरण गरिएको हो । ‘परिहलो चरणमा घरमा पुर्ण क्षति भएका १ सय ३ घर मध्ये ४४ घर बाढीपीडितलाई तत्काल राहत केहिवितरण जानकारी दिदै प्रमुख चौधरीले भने– बाँकी ५९ घरपरिवारलाई एकदुईदिन भित्र राहत वितरण गर्ने र दिर्घकालनका लागि केहिदिनभित्र उनीहरुलाई थप राहत वितरण गर्ने योजनामा छौं ।’ राहत वितरणमा एक द्धार प्रणाली बनाइरहदा केही संघसस्थाका प्रतिनीधिहरुले आफुखुसि राहत वितरण गर्ने क्रियाकलाप भइरहेको छ , चौधरीले भने, ती संघसस्थाहरुलाई गाउँपालिकाको मातहतबाट बितरणको लागि अनुरोध गर्छु यदि जबरजस्त गरिएमा गाउँपालिकाले कार्वाहिको प्रक्रिया थाल्ने छ ।’

सोही क्रममा दंगिशरण गाउँपालिकामा अहिलेसम्म लिएको लगत मध्ये १ सय ३ घर पुर्ण रुपम क्षति भएको र १ सय ४ घर आंशिक क्षति भएको गाउँपालिकाका प्रमुख चौधरीले जानकारी दिएका थिए । त्यसैगरी बाढिले गर्दा सयौंको मकै बाली, धान बगाएको छ, उहाँकहरुको पनि लगत लिने काम भइरहेकोले क्षति अनुसार राहतको लागि पहल भइरहेको पनि प्रमुख चौधरीले जानकारी दिए ।

दंगिशरण गाउँपालिका वडा नं. ३ का पुर्णवहादुर चौधरीको अध्यक्षतामा तथा गाउँपालिकाका प्रमुख भागिराम चौधरीको प्रमुख आतिथ्यम भएको कार्यक्रममा रेडक्रस नेपाल दाङका सभापति नारायण आचार्य महिला तथा बालबालिका कार्यालयमा अधिकृत श्रीधर पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालयका कुन्दर ठाकुर, वड नं. ४ का नेपबहादुर कँवर लगायतले वोलको थिए ।