दाङ, ३१ साउन । सामुदायिक वन उपभोक्ता महासंघ दाङले बाढी पिडितहरुको सहयोगमा जुट्न मातहतका निकायलाई आह्वान गरेको छ ।

feature0सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल जिल्ला महासंघका दाङका अध्यक्ष शोभाकर सापकोटा र सचिव हेमराज शर्माले आज मंगलवार बिज्ञप्ति निकालेर हालै आएको बाढीबाट पिडित भएकाहरुको उद्धार र सहयोगमा जुट्न आग्रह गरेका छन् ।

बाढीबाट बिस्थापित भएकाहरुलाई स्थानीय सामुदायिक वन समूहहरुले आफ्नो भवनमा बस्ने र खाने ब्यवस्था गरेको उल्लेख गर्दै बिज्ञप्तिमा पिडितहरुका सहयोगका लागि लाग्न जिल्लाका सवै उपभोक्ताहरुलाई आग्रह गरिएको छ ।

बाढी पिडितहरुको सहयोगकालागि स्थानीय वन समूह, रेञ्जपोष्ट÷इलाका महासंघ, गाउँ÷नगर महासंघलाई र सवै उपभोक्ताहरुलाई बिज्ञप्तिमा अनुरोध गरिएको छ ।