काठमाडौं, ३१ साउन । संसदमा विचाराधीन संविधान संशोधन विधेयक केही दिन अघि नवढ्ने भएको छ ।

14092016080750ca-hall-1000x0तराईलगायत देशका अधिकांश भागमा अविरल वर्षापछि बाढी पहिरो गएको र सांसदहरु काठमाडौंबाहिर नै व्यस्त रहेकाले संशोधन विधेयकलाई केही दिन अझै अघि नबढाउने निष्कर्षमा सरकार पुगेको हो।

सरकार र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको सहमति अनुसार मंगलबार बस्ने संसद बैठकबाटै संविधान संशोधन विधेयकलाई अघि बढाउने तयारी भएको हो ।