काठमाडौं, ३१ साउन । नेपालको पुनर्निर्माण तथा आर्थिक विकासमा सघाउ पुर्याउने हेतुले नेपाल र चीनबीच तीन बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
चिनियाँ उपप्रधानमन्त्री वाङ याङको भ्रमणको क्रममा आज दुई देशका अर्थ सचिवहरुले सोल्टी होटलमा द्विपक्षीय वार्तापछि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
१- २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौता । यो रकममा १५ अर्ब नेपाली रुपैयाँ थप सहायता आउनेछ ।
२- पेट्रोलियम पदार्थ र ग्यास अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी २ अर्ब रुपैयाँको सम्झौता पनि भएको छ ।
३- भूकम्पपछि बन्द रहेको तातोपानी नाका दुई देशबीच सैद्धान्तिक सहमति भएको छ ।