इन्द्रेणी संवाददाता

रोल्पा ३० साउन । रोल्पा जिल्लाको दुइखोली गाउँपालिकामा व्यवसायीक चिया खेती परिक्षणका लागि सुरु गरिएको छ छ । प्राबिधिक धार तर्फ बालि बिज्ञान अध्यापन गराई रहेको प्राबिधिक शिक्षालय मौलाबोट राङ्कोट रोल्पाको आयोजनामा बिद्यालय परिसरको करिब ०.५ रोपनी क्षेत्रफल जमिनमा चिया रोपिएको प्राबिधिक शिक्षालयका प्राचार्य गोपाल बहादुर केसीले जानकारी दिए ।

20819260_1934788170176853_6171989647632889810_o

त्यस्तै बिद्यालयका प्राचार्य केसीको नेतृत्वमा बिद्यालयका साथै दुइखोली गाउँपालिकाका प्रत्येक वडा हरुमा प्रति वडा १०० बेर्नाहरु पनि परिक्षणका लागि लगाइएको प्राचार्य केसीको भनाइ छ । ” अहिले परिक्षणका लागि लगाइएको चिया फस्टाउने अबस्था आएपछि रोल्पालाई चिया बगानको सफल स्थान बनाउने राङ्कोट बासीको योजना छ । ” जनयुद्धका कारणले चर्चामा आएको युद्ध पर्यटकीय मार्ग ( गुरिल्ला ट्रेकिङ्ग ) मा पर्ने राङ्कोटका किसानले चियासँगै सुन्तला , कागती र अन्य तरकारीलाई समेत व्यवसायीक रुपमा लगाउन थालेका छन्,।

20748045_1934788140176856_4382977349698707867_o

मौलाबोट प्राबिधिक शिक्षालयका प्राचार्य केसीले भने – जिल्लालाई नगदे बालीको हबमा बिकाश गर्दै यहाँका किसानको आर्थिक अवस्थामा सुधार ल्याउन हामीले चिया खेती परिक्षणका लागि सुरु गरेका हौँ यदि सफल भयौं भने चिया बगानको रुपमा यो ठाउँ लाई चिनाउनेछौँ ।

20747984_1934788066843530_1982346462065088836_o