दाङ ३० साउन । समाज तथा राष्ट्र परिवर्तनमा निजि क्षेत्रको निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । सरकारको आँखा नपुगेको स्थानमा पनि निजि क्षेत्र पुगेर आम नागरिकहरुलाई सहयोग गरेका थुप्रै उदाहरणहरु छन । देश बिकासको एक मुख्य मेरुदण्ड निजि क्षेत्र पनि हो । तर यसका लागि जुझारु, सक्षम तथा दुरादर्सी नेतृत्व आबश्यक पर्दछ । दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्व छान्ने निर्वाचन यहि साउन ३१ गते अर्थात भोली हुँदैछ ।

19989348_1389852894446140_3710008523872469324_nयसमा साझा अनुहारको रुपमा एक सक्षम तथा जुझारु युवा देखिएका छन् महेन्द्र बुढाथोकी । दाङमा पोल्ट्री फर्मको विकास र विस्तारमा क्रियाशील रहेका बुढाथोकी दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यका लागि प्रतिष्पर्धामा रहेका छन् । २०६८ सालदेखि घोराहीमा एमडिएस पोल्ट्री सोलुसन सञ्चालन गर्दै आएका बुढाथोकीसँग झण्डै १५ वर्ष अघिदेखि पोल्टी फर्ममा काम गरेको अनुभव छ । कहिले मजदूरको रुपमा त कहिले साझेदारीका हिसाबले लामो समय व्यावसायिक क्षेत्रमा समय बिताउनुभएका बुढाथोकी पछिल्लो समय अन्य सामाजिक संघ संस्थाहरुमा पनि सक्रिय भएर लागेका छन् ।

रुकुमबाट दाङ झरेर सफल व्यवसायी र समाजसेवीको पहिचान बनाएका उनि हाल रुकुमेली एकता समाजको अध्यक्ष पनि हुन । त्यस्तै घोराहीस्थित युनाइटेड मण्टेश्वरी प्रालिका अध्यक्ष र इन्द्रेणी इन्टरनेसनल मिडिया प्रालिका संरक्षक समेत रहेका उनि व्यवसायका अतिरिक्त गीत संगीतका क्षेत्रमा पनि विशेष रुचि राख्छन । स्थानीय कलाकारहरुको प्रोत्साहन, संरक्षण र लोक गीत संगीतको प्रवद्र्धनमा उनको महत्वपुर्ण योगदान रहेको छ । स्नातक उतीर्ण बुढाथोकी दाङ जिल्ला उद्योग वाणिज्य संघको सदस्यमा विजयी भएर यहाँको व्यावसायिक हकहितका लागि उदाहरणीय काम गर्ने चाहना भएको बताउछन ।