तुलसीपुर ३०  साउन । बबई नदिमा आएको बाढिले गर्दा अलपत्र परेका यात्रुहरुलाई तुलसीपुर उपमहानगरपालिकाले उद्धार गरेको छ । ववई नदिमा आएको बाढिले गाडि आवत जावत गर्न नसक्दा अलपत्र परेका यात्रुहरुलाई आज आईतबार साँझ ७ बजे तिर उद्धार गरिएको हो । बर्षादको समयमा अलपत्र परेका यात्रुहरुलाई झनै समस्या हुने भन्दै तुलसीपुर ९ का संगीत बस्यालले उद्धारका लागि उपमहानगरपालिकालाई टिप्पर उपलब्ध गराएका थिए ।

yatru alapatra

त्यही टिप्पर लिएर तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, लगायत यहाँका सुरक्षा निकाय, तुलसीपुर उद्योग बाणिज्य संघको टिमले उद्धार गरेको हो । ववई नदिमा आएको बाढिले नेपालगंज, लम्जुङ्गलगायत बिभिन्न ठाउबाट तुलसीपुर आउन भनी हिडेका यात्रुहरुबीचमै अलपत्र परेका थिए । अलपत्र परेका यात्रुहरुलाई खाना, बस्न समस्या हुने भन्दै उद्धार गर्न पहल थालेको संगीत बस्यालले बताए ।

बबई नदिमा पानीको बहाब नघटेपछि यात्रुबहाक गाडिहरुलाई आवत जावत गर्न सकेको थिएनन् । जसले गर्दा आज ( आईतबार ) दिउसो देखी यात्रुहरु अलपत्र थिए