दाङ ३० साउन । दाङ उद्योग वाणिज्य संघको वर्तमान कार्यसमितिमा सक्रिय सदस्यहरुमध्येका एक हुन् अनिल आचार्य । उनी विगत १५ वर्षदेखि व्यवसायमा संलग्न छन् । कुनै पनि संस्थामा अध्यक्षपछि सबैभन्दा खट्नुपर्ने पद हो महासचिव । सो पदमा संयुक्त व्यावसायिक प्यानलले अनिल आचार्यलाई अघि सारेको छ । महासचिवका उम्मेदवार आचार्यले घोराहीमा आचार्य मार्केटिङ एण्ड ट्रेड सप्लायर्स सञ्चालन गरिरहेका छन् । टिममा काम गर्न सक्ने कुशल क्षमता भएका आचार्यको सबैलाई समेटेर अघि बढ्ने स्वभाव छ ।
आचार्य व्यवसायमा मात्र होइन, विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छन् । उनी रेडक्रस सोसाइटी दाङको आजीवन सदस्य हुन् । उनी सुलभ बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षसमेत हुन् । स्नातक तहसम्म औपचारिक शिक्षा हासिल गरेका आचार्य उद्योग वाणिज्य संघमा व्यावसायिक सोँच भएका व्यक्ति नपुग्दासम्म यसको संस्थागत हित हुन नसक्ने बताउँछन् । व्यवसायीहरुको भौतिक तथा व्यावसायिक सुरक्षाका लागि उद्योग वाणिज्य संघले उचित पहल थाल्नुपर्ने उनी बताउँछन् ।
दाङलाई पाँच नम्बर प्रदेशको राजधानी बनाउन निजी क्षेत्रको तर्फबाट पहल गर्नुपर्ने आचार्यको भनाई छ । पछिल्लो समय दाङमा ठूला लगानीका उद्योगहरु खुलेपछि त्यसको उचित व्यवस्थापन हुन नसकेको उनी बताउँछन् । त्यसका लागि तत्काल औद्योगिक क्षेत्र सञ्चालन गर्नुपर्ने आचार्यको भनाई छ । उनी सधैं नेतृत्वलाई सफल बनाउन आफ्नो कामलाई कुशलतापूर्वक सम्पन्न गर्छन् । विभिन्न सामाजिक संघ संस्थामा नेतृत्व गरिसकेका आचार्य उवासंघमा बलियो उम्मेदवारको रुपमा चिनिन्छन् ।