काठमाडौं, २९ साउन । चारदिन देखिको लगातारको वर्षातका कारण आएको वाढी पहिरोमा परी ४८ जनाले ज्यान गुमाएका छन् भने हजारौं विस्थापित भएका छन् । विशेष गरी तराईका जिल्लामा डुवान र वाढीबाट त पहाडी जिल्लामा पहिरोका कारण ज्यान गुमाएको गृहमन्त्रालयले जनाएको छ ।

dubanमन्त्रालयका अनुुसार सुनसरीमा ९, मोरङमा ५, सिन्धुली र झापामा ४÷४, सर्लाही, पाँचथर, सुर्खेत र बाँकेमा ३÷३, बारा, बर्दिया र दाङमा २÷२, पाल्पा, धनुषा र मकवानपुरमा एक÷एक जनाको ज्यान गएका छन् ।

बर्षाका कारण कोशी मेची, गण्डकी, भेरी नारायणी, कमलालगायतका नदी तथा स्थानीय खोलाहरुमा बाढी आएको छ । तराइका सुनसरी, सप्तरी धनुषा, रौतहट, बारा, मोरङ, बर्दियालगायतका जिल्ला बढी डुबानमा परेका छन् भने वस्तीमा नै वाढी पसेपछि त्यहाँका हजारौं स्थानीयहरु विस्थापति भएका छन् ।

सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल उद्दार गर्न निर्देशन दिए पनि लगातारको झरीका कारण वाढी प्रभावित क्षेत्रमा उघारको काममा कठिनाई भएको बताइएको छ ।

आज मध्य र पश्चिमी क्षेत्रमा ठूलो वर्षात
देशको मध्य र पश्चिमी क्षेत्रका धेरै ठाउँमा आइतबार ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । पूर्वी क्षेत्रमा भने अघिल्ला केही दिनको तुलनामा केही भन्दा कम पानी पर्ने अनुमान छ ।

पुर्वी नेपालमा ठूलो पानी पारेको मनसुनी न्यूनचापीय रेखा अहिले पूर्वबाट दक्षिणतिर सरिरेहकाले आइतबार मध्य र पश्चिम क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविदहरुले बताएका छन् ।