काठमाडौं जेष्ठ २९,
साउदी अरेबियामा सबारी दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ । राजधानी रियाद नजिक हिजो अपरान्ह भएको दुर्घटनामा झापा चकचकी ९ का कुमार तामाङको मृत्यु भएको हो ।saudi

दुर्घटनामा मृत्यु भएका अर्का एक नेपालीको सनाखत हुन सकेको छैन् । उनीहरु सबार गाडिलाई अर्को बसले ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाईते तामाङको उपचारका क्रममा स्थानिय अस्पातालमा मृत्यु भएको उनको परिवारले जनाएको छ । तामाङ ३ महिना अघि ड्राईभिङ भिषामा साउदी अरेबिया पुगेका थिए ।।