दाङ, २३ साउन । घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित एकान्त टोल बिकास संस्थाले आफ्नो टोलमा गर्नुपर्ने बिभिन्न मागहरु समेटेर आज सोमवार उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
एकान्त टोल बिकास संस्थाका अध्यक्ष शंकर गौतम नेतृत्वको टोलीले घोराही उपमहानगरपालिकका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता न्यौपाने र १५ नम्वर वडाध्यक्ष रमेशकुमार पाण्डेलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा टोल बिकास अन्र्तगत रहेका सवै सडकमा पक्की नाला सहित सडकको स्तरबृद्धि गरी कालोपत्र गर्ने, रानी जरुवामा किरियापुत्री भवन बनाउनु पर्ने, विद्युत पोल अपुग भएका स्थानमा विद्युत पोल र त्यसमा लाग्ने तार उपलब्ध गराउनु पर्ने, सडकबत्तीको ब्यवस्थापन गर्नुपर्ने, तल्लो ट्राफिक टोल र एकान्त टोल जोड्ने ज्योतिपूञ्ज पूर्वको कुलोमा पक्की कल्र्भट सहित सडक कालोपत्रे गर्नु पर्ने लगायतका माग समेटिएको एकान्त टोल बिकास संस्थाका सचिव हेमराज शर्माले जानकारी दिए ।
ज्ञापनपत्र बुझ्दै घोराही उपमहागरपालिकाका प्रमुख नरुलाल चौधरीले टोल बिकास संस्थाले ल्याएका माग आसन्न नगरपरिषदमा बजेट बिनियोजन गरी आवश्यक प्रक्रिया अघी बढाउने प्रतिवद्धता ब्यक्त गरेका थिए । उपप्रमुख सीता न्यौपानेले टोलबिकास संस्थाले उठाएका मागलाई सम्वोधन गर्नेगरी आफूले काम गर्ने बताउनुभयो । १५ नम्वर वडाका वडाध्यक्ष रमेशकुमार पाण्डेले टोलगतरुपमा आएका मागलाई आफूले नगरपरिषद मार्फत कायान्वयनमा लाग्ने प्रतिवद्धता ब्यक्त गरे ।