काठमाडौं, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पशुपति शम्शेर जबराले पार्टी विभाजन गरेर गल्ती गरेको बताएका छन् ।
पार्टी विभाजनपछि आज बोलाइएको केन्द्रीय समितिको आकस्मिक बैठकमा अध्यक्ष थापाले जवराजस्तो जिम्मेवार व्यक्तिले पार्टी विभाजन गर्नेमा आफूलाई कहिल्यै नलागेको बताए ।
‘पशुपति शम्शेरजस्तो जिम्मेवार नेताले पार्टी विभाजन गर्नु होला भन्ने मलाई लागेको थिएन। जिम्मेवार नेताबाट यसरी पार्टी टुक्र्याइन्छ भन्ने विश्वास पनि थिएन। उहाँजस्तो मान्छेले पार्टी फुटाउने निर्णय लिन हुँदैनथ्यो, गल्ती गर्नुभयो’, थापाले भने ।