पोखरा, २३ साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूख मान्न अरु पार्टीहरु तयार नभए आफूहरु जनताको बीचमा जाने बताएका छन् ।

puspa_kamal_dahal_prachandaसोमबार नेकपा माओवादी केन्द्र ४ नम्वर प्रदेशको पोखरामा आयोजित राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘संविधानको प्रभावकारिता, संघीयताको सन्तुलन, राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ । हिजो कांग्रेस–एमालेले मानेकै कुरा हो । आज पनि यो मुद्दामा सबै एक हुनुपर्छ । कार्यकारी राष्ट्रपतिका लागि हामी पहिला वैचारिक अभियान सञ्चालन गर्छौ, त्यसमा कांग्रेस एमालेले मानेनन् भने हामी जनताको बीचमा जान्छौ र व्यापक जनदवाव सृष्टि गर्छौं ।’ अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचनमा धेरै नै आर्थिक बिकृति निम्तिएकाले यसको बिकल्प खोज्नुपर्ने बताए ।