घोराही, २३ साउन । सहारा यातायात प्रालिले एक बर्षभरी यात्रा गर्नेहरुलाई उपहारको ब्यबस्था गर्ने जनाएको छ । सहारा यातायात प्रालि मार्फत् यात्रा गर्ने यात्रुले काटेको टिकट नम्बरका आधारमा बर्षमा १३ जनालाई उपहारको ब्यबस्था गरिएको हो ।

Untitled-1 copyटिकट नम्बरको आधारमा १३ जनालाई गोलाप्रथाको माध्यमबाट उपहार प्रदान गरिने प्रालिका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी दिए । प्रालिले प्रथम पुरस्कार १५ हजार, दोस्रो पुरस्कार १० हजार, तेस्रो पुरस्कार पाँच हजार प्रदान गरिने छ ।

यस्तै १० जनालाई सान्त्वना पुरस्कारको ब्यबस्था गरिएको छ । प्रालिले हरेक बर्ष आफ्नो बार्षिकोत्सवका अवसरमा उपहार प्रदान गर्ने अध्यक्ष केसीको भनाई रहेको छ । यस्तै एक बर्षभरी दश पटक यात्रा गर्ने यात्रुलाई एक पटकको यात्रामा निःशुल्क हुने उपाध्यक्ष टीकाराम पौडेलको भनाई रहेको छ ।

त्यसैगरी सहारा यातायात प्रालिले जेष्ठ नागरिक, अपांग र पत्रकारलाई यात्रामा पचास प्रतिशत छुट दिने निर्णय भएको प्रालिका अध्यक्ष सुरेन्द्र खत्रीले जानकारी जानकारी दिए । विद्यार्थीको हकमा ४५ प्रतिशत भाडामा छुट गरिने अध्यक्ष खत्रीको भनाई रहेको छ । यातायात प्रालिले भदौँ १ गतेदेखि सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।