ritu khanalआएर प्रेमको पोको थमाएर गयौ
तिम्रै हुँ भनी ल्याप्चे लगाएर गयौ ।।

जब आउँछ याद तिम्रो यो मन अतालिन्छ
फर्की आउने प्रेम आभास दिलाएर गयौ ।।

चाडबाड आए-गए, उत्सव कति कति
आवाजहरु तस्वीरमा भराएर गयौ ।।

जति टाढा उति गाढा माया प्रेम तिम्रो बन्यो
मन माथि मन तिम्ले खपाएर गयौ ।।

टोलाइ रहेँ सुन्यतामा हेरि रहेँ जून तारा
झरी बनी स्पर्श गर्दै रुझाएर गयौ ।।

मात लाग्यो सपनीमा, बिउँझदा के हाल होला
तप्प प्याला प्रेम रसमा डुबाएर गयौ ।।