इन्द्रेणी संवाददाता
काठमाडौं २२, साउन । ताम झामका साथ गत मंसिर ६ गते पार्टी एकीकरण भएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरी २ चिरा भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपतिशम्शेर राणा सहितका नेता फेरी अलग्गिएर नयाँ पार्टी गठन गरेका छन् ।
राप्रपा भित्र पछिल्लो समय देउवा सरकारमा जाने कि नजाने भन्ने बिषयमा विवाद सुरु भएको थियो । राप्रपाले गरेको सरकारमा नजाने निर्णय सँगै राणा समूहले नयाँ दल गठन गरेको हो ।
आजै राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिइएको छ । नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे पनि छन् ।