रबिन्द्र यादव

नवलपरासी , २२ साउन । नवलपरासीमा वाढी प्रभावीत समुदायलाई रामग्राम नगरपालिकाले राहत सामाग्री वितरण गरेको छ । रामग्राम नगरपालिका क्षेत्रभित्र बाढी बाट प्रभावीत समुदायहरुलाई चामल , दाल , नुन लगायतका खाद्यन्न सामाग्री राहत स्वरुप प्रदान गरिएको नगर प्रमुख – ( मेयर ) नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो ।

नगर क्षेत्रका बाढी प्रभावीतहरुलाई तत्कालै राहत सामाग्री बितरण गर्दै नगर प्रमुख गुप्ताले निर्देशन दिएपछि सम्बन्धी वडा कार्यालय मार्फत राहत सामाग्री बितरण गरिएको नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद चापागाईले जानकारी दिनुभयो ।

यसैगरी आजै रामग्राम नगरपालिका वडा न. १२ का बाढी प्रभावीतहरुलाई पनि राहत सामाग्री वितरण गरिएको छ । वडा अध्यक्ष भगवन्तलाल गुप्ता , वडा सदस्य एवंम् पुर्व नगर उपप्रमुख( उपमेयर ) शिव शंकर प्रसाद राय , वडा सदस्यहरु चन्दा देवी चौधरी , रामनन्द यादव , ज्ञान कुमारी चौधरी लगायतले बाढी प्रभावीत समुदायलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

यसैबिच आजै नवलपरासीको बिकट ग्रामीण क्षेत्रहरुमा पनि बाढी प्रभावीत घर समुदायहरुलाई राहत सामाग्री बितरण गरिएको हो । नवलपरासीको प्रतापपुर गाउपालिका वडानं ८ फटकी टोलामा बाढी बाट प्रभावीत समुदायहरूलाई राहत सामग्री बितरण गरिएको छ । सि.डि.यम.ए.नेपालको सहयोगमा आज तेस्रो दिन करिब १०५ घर परिवारहरूलाई सामुहिक खाना साथै खाध्धान सामग्री चामल, दाल, चाउचाऊ,चिउरा लगायत सामग्रीहरु बितरण गरिएको सि.डी.यम.ए. नेपालको. संस्थापक सदस्य गंगा प्रसाद सापकोटाले जानकारी दिनु भएका छ । बढी बाट प्रभावितहरूको सहयोगका लागी सुदामा कोईरीको संयोजकत्वमा सहित ११ सदस्यीय राहत वितरण तथा उद्दार समिति गठन गरिएको छ ।

सुस्ता गाउपालिका वडा नं.३ सेखुअनवा स्थित रयपुरवा खोलाको पानीको बाहाव बढि भएको हुदा खोलाको पश्चिमी बाध करिब ५०० मिटर फुटेर सेखुवानवा लगायत प्रतापपुर गाउपालिका वडा नं ८ फटकी टोलामा करिब १०५ घरहरु डुवानमा परेको थियो र करिब ४ सय मानिसहरु प्रभावित भएको बिपद ब्यवस्थापन समितिकासदस्य युवराज मौर्याले जानकारी दिनु भयो ।

बाढीबाट नवलपरासीको सदमुकाम परासी बजार सहित सरावल , पाल्हीनन्दन , प्रतापपुर र सुस्ता गाउ‘पालिकामा गरी करिब ३ हजार घरधुरी प्रत्यक्षरुपमा प्रभावीत बनेका थिए ।