इन्द्रेणी संवाददाता 

काठमाडौं २३ साउन । नेपाल सरकार गृहमन्त्रालयले आज सोमवार नेपाल राज्यका तराइका  जिल्लाहरुमा रक्षाबन्धन पर्व मनाइने हुँदा रक्षाबन्धनको दिन तराईका २० जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी तराईका २० जिल्लाहरुमा आज साउन २३ गते रक्षाबन्धन पर्व मनाइने भएकाले सार्वजनिक बिदो दिने निर्णय गरिएको जनाएको छ ।

यस्तो छ गृहमन्त्रालयको विज्ञप्ति

20668584_1528727827190551_770127479_nविदा तराइका  झापा, सुनसरी, सप्तरी, सिराहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र उदयपुर  जिल्लामा दिइएको छ ।