तत्काल ठेकेदारलाई बोलाएर काम सुरु गर्छु हरि प्याकुरेल
बाँके २२, साउन । नेपालगंज वडा नं. ६ मा संसदीय बिकास कोषबाट जिल्ला समन्वय समिति नेपालगंजले टेन्डर मार्फत १० लाख लागतमा पानी निकासका लागि निमार्ण गएिको नालाको पानीको निकास नहुदा नाला दिन प्रतिदिन दुर्गन्धीत हुदै गए पनि स्थानीय निकायले कुनै चासो दिएको छैन् ।

स्थानीय निकायको निर्वाचन पश्चात नेपालगंजका मेयर,उप मेयर र वडा अध्यक्ष समिरजंग शाहलाई पानी निकासका लागि पहल गरी दिन आग्रह गरे पनि कुनै वास्ता नगरेको प्रति सार्वसाधरणहरु आक्रोश व्यक्र गरेका छन् ।

नाला भरेपछि सडकमै पानी जमेर तलाउ बन्ने गरेको छ । यता सम्वन्धित सरकारी कार्यालयले राजनितिक खिचा तानीकारण नालाले मूर्त रुप पाउन नसकेको वडा नं. ६ का अध्यक्ष शाहले बताए ।

19732301_428317994222230_1265060709213478787_n

जिल्ला समन्वय समिति बाँकेका प्रमुख हरि प्याकुरेलले बस्तकोटी ठेकेदार कम्पनी मार्फत नाला निमार्ण भएको बताउदै उहाँले नाला निमार्र्ण गरी पानीको निकासको व्यवस्था समेत नगरी एक किस्ताको रकम फच्र्यौट भएको बताए ।

उहाँले निमार्ण कार्य पुरा नगरी सम्पर्क बिहिन बनेका ठेकेदारलाई तत्काल बोलाएर काम सुचारु गराउन उक्त निमार्ण कार्यको सुपरीबेक्षण गरेका इन्जीनियरलाई निर्देशन गरेको जिकिर गर्नु भयो ।

यता नेपाली काग्रशेका तर्फबाट संसद भएका बदशाह कुर्मीले नाला निमार्ण संगै नाला माथि पिलेट राख्ने र पिच सडक निमार्ण गर्नका लागि १० लाख रुपिया दिएका थिए तर जिल्ला समन्वय समिति बाँकेका इन्जिनियरको मिलोमतोमा नाला माथिको पिलेट नलगाई पानीको निकासको व्यवस्था नगरी काम सम्पन्न भएको भनी कागज तयार गर्ने प्रयास गरे पनि प्रमुख प्याकुरेल विकास निमार्णको काममा खरो रहेका कारण इन्जिनियरले कगाज तयार गर्न सकेका थिएन् ।

यता यूथ टुडे साप्ताहिकको कार्यालय अगाडि निमार्ण गरिएको नालाको पानी निकासका लागि तत्काल पहलगर्न सम्बन्धीत सबै सरोकारवाला निकाय संग सम्पादक शाक्ति कुमार बंशकारले अनुरोध गर्नु भएको छ ।