पोखरा, २२ साउन । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने व्यवस्थाले मात्र देशको हित गर्ने बताएका छन् ।

parchandदश वर्षमा ११ पटक सरकार परिवर्तन हुने व्यवस्थाले देशको कुनैपनि हालतमा हित नगर्ने भन्दै उनले भने, ‘२००७ सालदेखि यता हेर्दा प्रधानन्त्रीय पद्धतिले देशको हित गरेको छैन, अब पनि गर्ने लक्षण देखिँदैन ।’

चार नम्बर प्रदेशस्तरीय बैठकमा भाग लिन पोखरा पुगेका अध्यक्ष प्रचण्डले पत्रकार भेटघाटमा संसदीय व्यवस्थाले देशलाई अस्थिर बनाएको र संसदबाट प्रधानमन्त्री निर्वाचित हुने व्यवस्थाले अस्थिरतालाई मलजल गरेको भन्दै उनले स्थिर प्रकारको शासन व्यवस्थाका लागि पनि कार्यकारी प्रमुख प्रत्यक्ष रुपमा जनताबाट निर्वाचित हुनुपर्ने बताए । प्रचण्डले आगामि माघभित्र तीनै तहको निर्वाचन सम्पन्न हुने पनि बताए ।