इन्द्रेणी संवाददाता
दाङ, २२ साउन । दाङको तुलसीपुर उद्योग वाणिज्य संघले आफनो कार्यक्षेत्र भित्र कुनै पनि प्रकारका घुमन्ते व्यापारीहरुलाई प्रवेश गर्न नदिने भएको छ ।
घुमन्ते व्यापारीले उद्योग वाणिज्य संघ, राजश्व कार्यालय, स्थानीय तहलगायतका कार्यालयहरुमा दर्ता नगरी राजश्व छली एवं गुणस्तरहिन सामानहरु विक्री वितरण गर्दै आएको पाइएका रोक लगाइएको संघले जनाएको छ ।
विशेष गरी संघको क्षेत्राधिकार भित्र तुलसीपुर बजार क्षेत्रमा घुमन्ते व्यापारीहरुले गर्दै आएको कारोवारलाई पूर्ण रुपमा रोक लगाइएको संघका अध्यक्ष विरवहादुर रावतले जानकारी दिएका छन् ।
यस्ता व्यापारीहरुले संघले वाणिज्य संघले आइतवारदेखि नै संघको क्षेत्राधिकार भित्र कसैले पनि खुल्ला रुपमा व्यापार व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ ।