लमही, २२ साउन । भालुवाङवाट लमहीतर्फ आउदै गरेको रा १ ख ५४८ नम्वरको माक्रो लमही पल्टदा तीन जना घाइते भएका छन् ।
पुर्व पश्चिम राजमार्गको १ नर्तीमा वस पल्टदा राप्ती गाउँपालिका ६ पत्थरगढवा निवासी २५ वर्षिय अनिता चौधरी, सोही गाउँपालीकाकाको ४ मौरीघाट निवासी २६ वर्षिय विष्णुमती चौधरी र लमही नगरपालीका १ निवासी १९ वर्षिय अनिशा चौधरी घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।