गोविन्द खड्का
घोराही, २२ साउन । यस पटक जनता अवास कार्यक्रम अन्तर्गत दाडमा आठसय तिस घर बन्दै छन् । सरकारले एक हजार घर बनाईदिने भनेको थियो । यसैगरी सल्यानमा एक सय २६ घर बन्दै छन् एक सय ३० बनाउने लक्ष्य थियो । दुईवटै जिल्लामा गरी एक सय ७४ घर बनाउने व्यक्ती भेटिएनन् ।
एक थरीले हानथापमा घर तयार गर्दैछन् । बर्षातको प्रबाह नगरी रुज्दै भिज्दै घरनिर्माण सामाग्री जुटाउनमा व्यस्त छन् । अर्कोथरी आफुले नपाएकोमा मुरर्मुरीएर कुरा सिक्दै गरेको भेटिन्छन् । केहिले कहिले खुल्छ भनेर प्रश्न गर्छन् । वस्तिहरुमा ठाउ ठाउमा सान साना घर बन्दै गरेको दृश्यले महोत्सव जस्तै माहौल तयार गरेको छ । एकै साईजका उस्तै खाले घर एकै पटक बन्न लागेका छन् । त्यसमा घरवास नहुनेका घर बनेनन् थोत्रा भएकाले ओजारेर नया बनाए ।
लाभग्राही छनौट गर्दा लक्ष्य पुरा हुन नसकेको शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालय दाङका निमित्त प्रमुख सानुनारायण अधिकारीले जानकारीदिनुभयो । कार्यालयका लेखा अधिकृत एवं सुचना अधिकारी सानुनारायणले आफ्नै जग्गा भएको, आर्थिक अबस्था कमजोर, बसोवास गर्ने ठाउँ उपयुक्त, बसोवास गर्दै आएको छ भन्ने स्थानिय तहको सिफारीस ल्याएर आउने वादी, गन्दर्भ, कुसुन्डा, विपन्न मुश्लिम र दलित समुदायका व्यक्तिलाई घर बनाउने मापदण्ड पुगेको बताउनुभयो । त्यसो त भाडामा बस्ने, नागरीकता नभएका, अंश बण्डा नगरी विवादमा रहेका लगाएत विभिन्न समस्या भएकाहरुले अहिले पनि घर पाएका छैनन् ।
क्रमागत योजना भएकाले बाकि रहेका एक सय ७४ घर अर्को पटक पनि बनाउन सकिने अधिकृत अधिकारीको भनाई छ । यति बेलै प्रकृया पुगेर आएको भए रकमभने आई सकेको थियो । अहिल्यै दाङ र सल्यानमा एघार सय तिस घर बनाउन सकिन्थ्यो । प्रकृया नपुगकाले त्यसै थन्किएको छ । अर्कोपटक कति घर बनाउने कार्यक्रम आउछ प्रकृया पुयाएर त्यति नै कार्यालयले बनाईदिने छ ।
जग खनेर डिविसी गरेपछि पहिलो किस्ताको रकम भुक्तानी हुन्छ । कतिपय अल्छीहरु जग खन्ने पैसा चाहिन्छ भनेर अडान लिए उनिहरुले घर पाएनन् । परिवार मिलेर खनखोसर गरी घडेरी सम्याउन सम्म जागर दखिएन । कार्यालयका अनुसार प्रगति विवरण देखाउन उनिहरुले काम गरेकै हुनुपर्छ । त्यसका आधारमा भुक्तानी पाउछन् । पैसा दिए हुन्थ्यो भनेर आस गर्ने, लगेर दुरुपयोग गर्ने ठग प्रबृत्ती भएकालाई निकासा नदिएको कार्यालयले जनाएको छ । हातथापेर बा“च्ने संस्कार अन्त गर्दै आत्मनिर्भर बनाउन सरकारले जनता आवास कार्याक्रम ल्याएको हो । त्यसको मर्म सरकारले बनाईदिएको घरमा कम्तीमा दश बर्ष बेचविखन नगरी आर्थीक उन्नति गरुन र जिविकोपार्जनको विकल्प तयार पारुन भन्ने हो । कार्यलयको भनाई छ ।
घरहरु २० फिट लम्वाई र १४ फिट चौडाई भएका दुई कोठे छन् । उनिहरुले शौचालय अनिवार्य बनाउनु पर्छ । त्यसरी पुर्ण गरेपछि हस्तान्तरण फारम भराएर बुझाईन्छ र अन्तिम किस्ता निकासा दिन्छ । त्यस अघि पर्खाल उठेपछि र छानाहाल्ने बेला गरी जम्मा चार पटक निकासा हुन्छ ।
बर्षात लागेपछि आत्तीएर घर बनाउने कारण ढिलो बजेट निकासा मात्रै होईन । कार्यालयका अनुसार रकम चाडै आईसकेको थियो । कागजी प्रकृया र प्राविधिक कामले केहि दिन समस्या ल्याएको हो । सबैले बर्षा लागेपछि शुरु गर्नुमा बढि दोष घर बनाउन चाहने कुरा न टंग्याउनेहरुको छ । कतिको बाउका बनाउने कि छोराको भन्ने भयो, कतिको जेठि वा कान्छी स्वास्नीको, केहिको र्भाइ भाईमा झगडा भयो त्यसले घरको टुंगो लगाउन धेरै समय खर्चलाग्यो । घरको मुलि को हो उसैको मा घर बनाईदिने विधिले विवादहरु ह्ल गरीएको अधिकारीले जानकारी दिनुभयो । सकभर घरयासी कुरा पहिल्यै टुंग्याएर कार्यालयमा सम्पर्क गरे छिटो हुन्छ । आगामि बर्ष जनता आवास का घर बनाउनेहरुले घर बनाउने ठाउ र व्यक्ती टुंगो पहिल्यै लगाउनुपर्छ ।
‘साथीहरुले अत्यन्तै मेहनत गरी भुकम्प प्रतिरोधि घर बनाउनु भएको छु’ लेखाअधिकृत अधिकारीले भन्नुभयो, ‘नक्सा दिएर, त्यसलाई पटक पटक अनुगमन गरेर मात्रै निकासा दिने पाको काम भएको छ ।’ उहाका अनुसार कार्यालयले एउटा घर बनाउन दुई लाख तेत्तीस हजार बढि रकम निकासा दिन्छ । त्यति रकम करकटि गरेरै पाउछन् । त्यसले शौचालय सहितको दुई कोठे घर बन्छ ।
यसपटक साविक घोराही नगरपालिका, तुलसीपुर, त्रिपुर लमहि, नगरपालिका, गाविसहरु धर्ना, रामपुर, सौडियार, लक्ष्मीपुर, बाघमारे, पुरन्धारा, गोवरडिहा, लालमटिया, सिस्हनीया गाविस लगाएतमा कार्यक्रम लागुभएको छ । आगामि बर्षहरुमा पनि आवश्यकताक र मागका आधारमा कार्यक्रम विस्तार हुने कार्यालयले जनाएको छ । अहिले सम्म ६ सय १९ जनाले पहिलो किस्ता र दुई सय ११ जनाले अन्तिम किस्ताको भुक्तानी लगि सकेका छन् । केहिले दोश्रो किस्ता पनि लगेका छन् ।
यसैगरी सल्यानमा एक सय २६ जनाले पहिलो किस्ता लगेका छन् । त्यसमा ४३ जनाले दोश्रो किस्ता समेत लगिसकेका छन् । नगद कमाउने वा खानपीनमा सक्ने गरी कसैलाई रकम नदिएको कार्यालयले जनाएको छ । प्राविधिकले दिएको मापदण्ड अनुसार बनाएपछि मात्रै उनिहरुले निकासा पाउछन् । फिल्डमा पुगेरै प्राविधिले स्किृति दिनुपर्छ । जनता आवास ईकाई स्थापना गरेरै व्यवस्थित गरीएको अघिकृत अधिकारीले जानकारी दिनुभयो । अर्कोपटकका लागि प्रकृया पुरा गर्ने तिर सोच्न आग्रह गर्नुभयो । त्यसो गदाृ समयमा घर निर्माण हुन्छ ।
