भरतपुर २१ ,साउन । काठमाण्डु पछि बहुचर्चित चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहाल विजयी घोषित भएकी छिन । आफ्ना निकटतम प्रतिद्वन्दी देबी ज्ञावली लाई पछि पर्दै दाहाल बिजयी भएकी हुन् । कांग्रेस माओवादी गठबन्धनबाट प्रचण्डपुत्री रेणु चुनावी मैदानमा थिइन् । उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् । मतगणना सकिएर नतिजा आएपछि निर्वाचन समितीले केहि बेरमा रेणु दहाल र पार्वती शाहलाई निर्वाचित घोषणा गर्दैछ ।

renu